प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथमा रुद्राभिषेक पूजा
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। सचिवालयले जानकारी दिएको अनुसार, प्रधानमन्त्रीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथप्रति आभार व्यक्त गर्दै पूजा गरेको हुन्।
प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति, स्थायित्व र विकासको मार्गमा अग्रसर बनाउने प्रयासमा सबैतर्फबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा देश थप उन्नतिको दिशामा अग्रसर होस् भनी कामना गरेकी छन्।
साथै उनले नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बनोस् भनी पनि विशेष रूपमा आग्रह गरेकी छन्।
ताजा अपडेट
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने


प्रतिक्रिया