रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौं क्षेत्र नं ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डिपी) अर्यालले पितृ शोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन्।
आज भक्तपुरस्थित अध्यक्ष ओलीको गुण्डु निवासमा पुगेर उनले ओलीसँग भेट गरी समवेदना व्यक्त गरेका हुन्।
उनले ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। उपसभापति अर्यालले शोकसन्तप्त ओली परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका थिए।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया