जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरिसकेको छ।
ती दिनमा विभिन्न कारणले उपस्थित हुन नसकी छुट भएका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख गरिएको छ।
सो दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सभाहलमा उपचार तथा परीक्षणसम्बन्धी कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सम्बन्धित घाइतेलाई आग्रह गरिएको छ।
ताजा अपडेट
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने


प्रतिक्रिया