‘स्मार्ट मनि टक्स’ सँगै एभरेष्ट बैंकको वित्तीय साक्षरता अभियान
काठमाडौँ। वित्तीय साक्षरताको महत्त्व बढ्दो क्रममा रहेका बेला नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले यस वर्षको ‘ग्लोबल मनि विक’ लाई विशेष बनाउँदै देशभर सप्ताहव्यापी वित्तीय साक्षरता अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।
मिति २०८२ चैत २ देखि ८ गतेसम्म सञ्चालन गरिएको यस अभियान अन्तर्गत बैंकले सातै प्रदेशका आफ्ना शाखामार्फत विद्यालय तथा क्याम्पसहरूमा पुगेर तीन हजार भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गरेको जनाएको छ। कार्यक्रम केवल सैद्धान्तिकमा सीमित नरही केही विद्यार्थीहरूलाई बैंककै शाखा अवलोकन गराई बैंकिङ सेवाबारे व्यावहारिक अनुभवसमेत दिलाइएको थियो।
‘Smart Money Talks’ भन्ने नाराका साथ सञ्चालन गरिएका कार्यक्रमहरूमा युवाहरूलाई वित्तीय ज्ञान, सीप र सकारात्मक मनोवृत्ति विकाससँगै वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार र बैंकिङ सेवाहरू प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे सचेत गराइएको थियो।
एभरेष्ट बैंकका अनुसार हाल बैंकसँग करिब १४ लाखभन्दा बढी ग्राहक छन्। देशभर फैलिएको यसको १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटिएममार्फत सेवा प्रदान भइरहेको छ। आधुनिक प्रविधिमा आधारित मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङ सेवासँगै बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३३ संकलन केन्द्रबाट पनि सेवा दिँदै आएको छ।
अन्तर्राष्ट्रिय उपस्थितिलाई समेत विस्तार गर्दै बैंकले भारतको नयाँ दिल्लीसहित अन्य मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गरिरहेको छ। यो अभियानले विशेषगरी युवापुस्तामा आर्थिक चेतना अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय व्यवहारतर्फ प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया