NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

एनआईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सहकार्य, ग्राहकले कति छुट पाउँछन् ?

काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था स्तुपा कम्युनिटी हस्पिटलबीच सहकार्य भएको छ । जसले दुवै संस्थासँग आबद्ध सेवाग्राहीलाई थप सुविधा र सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

समझदारी पत्रमा बैंकका तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा। पेम्बा लामाले हस्ताक्षर गरेका हुन ।

सम्झौताअनुसार, एनआईसी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा आकर्षक १५ प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा शेयरधनीहरूले बैंकको क्रेडिट कार्डमार्फत उपलब्ध विशेष सेवाहरू उपयोग गर्न सक्नेछन्।

साथै ग्राहकको थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटिएम सेवा पनि संचालन गरिनेछ । परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयास स्वरूप बैंकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थासँग गरेको यो सहकार्यबाट बैंकका ग्राहक तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा आबद्ध कर्मचारी तथा शेयर होल्डरहरुलाई सेवा सुविधामा थप सहज र सुलभ हुने बैंकले विश्वास लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष