मोदीले बालेनलाई दिए बधाई
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन्।
उनले लेखेका छन्,‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई।’
सन्देशमा माेदीले शाहको नेतृत्वप्रति नेपाली जनताले राखेको विश्वासको प्रशंसा गरेका छन्। ‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु’, मोदीले लेखेका छन्।
परम्परागत दलप्रति घट्दो विश्वास, विकासप्रति निराशा र सुशासनको अभावले नयाँ अनुहारप्रति आकर्षण बढेकाले उनी त्यसको प्रतीक बनेका हुन्। नेपाल-भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र आर्थिक रूपमा गहिरो छ।


प्रतिक्रिया