ओलीलाई स्वास्थ्य जाँच गराउन अस्पताल लगियो
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । शनिबार बिहानै ओलीलाई प्रहरीले गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो ।
उनलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।
कुनै कसुरमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राख्नुअघि प्रहरीले स्वास्थ्य जाँच गराउने गर्छ ।
पूर्वगृहमन्त्री रमेश लेखकसमेत पक्राउ परेका छन् । उनलाई अहिले भद्रकालीमै राखिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया