दराजको धमाकेदार ४.४ नव वर्ष उत्सव सुरु हुँदै, ७५ प्रतिशतसम्म छुट, लाखौँका उपहार जित्ने मौका
काठमाडौं । दराज नेपालको ४.४ नव वर्ष उत्सव सार्वजनिक हुने भएको छ । ७५% सम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी तथा ८३ लाख बराबरका भौचरहरूसहितको यो सेल चैत २० गते बेलुका ८ बजेदेखि सुरु भई चैत २७ सम्म सञ्चालन हुने छ ।
दराजका अनुसार नयाँ सुरुवातको भावनालाई उत्सवमय बनाउँदै २०८३ सालको नयाँ वर्ष प्रवेशलाई यो सेलले अझ विशेष बनाउन अद्वितीय बचत तथा उत्साहपूर्ण अफरहरू ल्याएको हो ।
यस अवधिभर, ग्राहकहरूले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफरहरू प्राप्त गर्न सक्नेछन् भने दराजको प्लाटिनम पार्टनर्स चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिवर र मिनिमलिस्टकातर्फ बाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी, गोल्ड पार्टनर्स फोरया र एक्सएजका तर्फ बाट ६०% सम्म छुट । साथै, सिल्भर पार्टनर्स नाइक, फ्यानटेक र पीसेफका तर्फबाट ६५% सम्म नयाँ वर्ष छुट प्रदान गरिने दराजले जनाएको छ ।
कनमेललाई अझ सहज बनाउने उद्देश्यका साथ दराजले चार प्रमुख बैंकहरूसँग सहकार्य पनि गरेको छ । ग्राहकहरूले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी र्बंक तथा नेपाल बैंक मार्फत क्रेडिट कार्ड प्रयोग गर्दा १५% (अधिकतम रु. ७५०) र डेबिट कार्ड प्रयोग गर्दा १०% (अधिकतम रु. ५००) छुट प्राप्त गर्न सक्ने दराजले व्यवस्था गरेको छ । साथै, ईसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नेछन् ।
यसका अतिरिक्त, ग्राहकहरूले दैनिक रु. ४४, रु. ४४४, रु. १,४४४, तथा रु. २,४४४ का आकर्षक डिलहरू पनि पाउनुका साथै, नयाँ वर्षको थीमसँग मिल्ने गरी रु. २,०८३ का विशेष क्याटेगरी अफरहरू पनि अभियान अवधिभर उपलब्ध हुनेछन् ।
यो उत्सव अझ विशेष बनाउँदै, दराज नेपालले आकर्षक उपहारहरूको विशेष श्रृंखला पनि ल्याएको छ । जस अन्तर्गत मुख्य आकर्षणका रुपमा फिलिप्सको सहयोगमा उपलब्ध भव्य ग्रान्ड पुरस्कार हो । एक भाग्यशाली विजेताले करिब रु. १,८०,००० बराबरका १५ वटा साना होम अप्लायन्सहरू सहितको प्रिमियम बन्डल जित्न सक्नेछन् ।
यसका अतिरिक्त, ग्राहकहरूले निम्न आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्न सक्ने छन् :
१) भिभो भी ७० स्मार्टफोन (रु. ९०,०००) १ जना विजेता
२) बडी जिम एक्सरसाइज साइकल फर फिजियोथेरापी (रु. १८,५००) १ जना विजेता
३) मिर्याकल्स ईन्डस्ट्रियल उडन डिस्प्ले र्याक (रु. १२,०००) -१ जना विजेता
४) मिर्याकल्स सजिलो प्रिन्टर र्याक (रु. ११,९९९) १ जना विजेता
५) स्टिलबर्ड हेल्मेट (रु. ३,५००) १ जना विजेता
६) एससीएस एसएण्डएक्स हेल्मेट ब्ल्यूटूथ ईन्टरकम (रु. ४,०५०) ५ जना विजेता
सेल अवधि भर किनमेल गर्ने ग्राहकहरूले न्यूनतम रु. ५,००० को खरिद पूरा गरी प्लेटफर्ममा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेपछि स्वतः लक्की ड्रमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । तत्पश्चात, योग्य ग्राहकहरूबाट भाग्यशाली विजेताहरू छनोट गरिने दराजले जनाएको छ ।
‘४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।’ ४.४ नव वर्ष उत्सवबारे बोल्दै दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भने, ‘सशक्त ब्रान्ड साझेदारी, आकर्षक भुक्तानी अफरहरू र रोमाञ्चक पुरस्कारहरूको संयोजन गर्दै, हामीले ग्राहकहरूलाई नयाँ वर्ष २०८३ स्वागत गर्ने तयारीमा एक समग्र र उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं ।’
दराज नेपालको ४.४ सेल सम्बन्धी थप जानकारीका लागि दराजको वेवसाइट, फेसबुक पेज वा दाराज एपमा जानसकिन्छ । सन् २०१५ मा स्थापित दराज ई–कमर्स प्लेटफर्म हो ।
यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया