एनआईसी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक
काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ वर्ष विक्रम संवत् २०८३ लाईलक्षित गर्दै नेपाली संस्कृति र परम्पराको संरक्षणलाई केन्द्रमा राखेर आकर्षक क्यालेन्डर सार्वजनिक गरेको छ।
नयाँ वर्ष २०८३ को शुभकामनासहित सार्वजनिक गरिएको क्यालेन्डरले लोपोन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरूलाई मुख्य विषयवस्तु बनाएको छ। बैंकले यो पहलमार्फत नेपालको सांस्कृतिक इतिहास, पहिचान र मौलिक धरोहरलाई उजागर गर्ने उद्देश्य राखेको जनाएको छ।
नेपाली लोक बाजा संग्रहालयको सहकार्यमा तयार गरिएको क्यालेन्डरमा विभिन्न समुदाय, क्षेत्र र चाडपर्वसँग जोडिएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका लोक बाजाहरू र तिनको बजाउने शैलीसमेत समेटिएको छ।
बैंकका अनुसार यी बाजाहरू केवल मनोरञ्जनका साधन मात्र नभई नेपालको सांस्कृतिक सम्पदा र पहिचानका महत्वपूर्ण प्रतीक हुन्। यस्तो सामग्री समावेश गरेर क्यालेन्डर प्रकाशन गर्दा परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा टेवा पुग्ने विश्वास लिइएको छ।
क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्र अनुसारका सार्वजनिक बिदा, चाडपर्व, दिवस तथा पञ्चाङ्ग तिथिहरू पनि समावेश गरिएको छ ।
ग्राहक तथा सरोकारवालाहरूले बैंकको आधिकारिक वेबसाइटमार्फत भित्ते र टेबल दुवै प्रकारका क्यालेन्डर सजिलै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले जानकारी दिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया