सामसङको नयाँ वर्ष अफर : यी सामान किन्दा भारी छुट
काठमाडाैं । नयाँ वर्ष २०८३ को अवसरमा सामसङ नेपालले ग्राहकहरूलाईलक्षित गर्दै विशेष योजना ‘Smart Ghar, Smart Suruwat’ सार्वजनिक गरेको छ।
अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुने याे याेजनाअन्तर्गत टिभी, वाशिंग मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट, उपहार तथा सजिलो EMI सुविधा उपलब्ध गराइएको छ। यस अफरले आधुनिक प्रविधियुक्त Vision AI टिभी तथा Bespoke AI होम अप्लाएन्सहरूलाई नेपाली बजारमा अझ किफायती बनाउने लक्ष्य राखेको छ।
टिभीमा विशेष अफर
सामसङका विभिन्न टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म छुट उपलब्ध छ। QLED (५५”–८५”) टिभीमा २५ प्रतिशतसम्म छुटका साथै १२ महिनासम्मको NETTV प्याकेज नि:शुल्क दिइनेछ। UHD (४३”–६५”) मा १० प्रतिशत छुट र १२ महिना NETTV, FHD (४३”) मा ७ प्रतिशत छुट र ६ महिना NETTV तथा HD (३२”) मा २१ प्रतिशत छुटसहित ६ महिना NETTV उपलब्ध हुनेछ।
वाशिंग मेसिनमा छुटसँगै उपहार
वाशिंग मेसिन खरिद गर्दा २३ प्रतिशतसम्म छुट पाइनेछ। AI Ecobubble Washer Dryer (९–११ केजी) र Front Load (९–१२ केजी) मा क्रमशः २३% र २०% छुटका साथै ६ केजी Surf Excel Matic पक्का उपहार दिइनेछ। Fully Automatic Top Load (८ केजी) र Semi Automatic (७ केजी) मा १२ प्रतिशतसम्म छुट उपलब्ध छ।
रेफ्रिजरेटरमा आकर्षक छुट
रेफ्रिजरेटरतर्फ SBS (७०० लिटर) मा ११%, 5-in-1 (३५०–४१९ लिटर) मा १६%, Double Door (२५३–२७५ लिटर) मा १७% र Single Door (१९२–२३० लिटर) मा १५% सम्म छुट पाइनेछ।
EMI सुविधा: अब किनमेल झन् सजिलो
यस अभियानको मुख्य आकर्षण २४ महिनासम्मको EMI योजना हो। ग्राहकहरूले ५० हजार रुपैयाँभन्दा माथिका सामानमा ४० प्रतिशत डाउनपेमेन्ट गरी सजिलै किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। १२ महिनाको EMI मा शून्य ब्याजदर लागू हुनेछ भने २४ महिनाको योजनामा ७.९९ प्रतिशत ब्याजदर लाग्नेछ। यसले मासिक किस्ता कम गर्दै ग्राहकलाई आर्थिक सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।
एक्सचेन्ज सुविधा पनि उपलब्ध
पुराना उपकरण साटेर नयाँ लिन चाहने ग्राहकहरूले ArkoStore वा देशभरका अधिकृत सामसङ स्टोरमार्फत एक्सचेन्ज सुविधा लिन सक्नेछन्।
कम्पनीका अनुसार, नयाँ वर्षको अवसर पारेर ल्याइएको यो योजना ग्राहकलाई आफ्नो घरलाई आधुनिक, स्मार्ट र सुविधायुक्त बनाउन प्रेरित गर्ने उद्देश्यले ल्याइएको हो। छुट, उपहार र सहज वित्तीय सुविधासहितको यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकहरूले समयमै लाभ लिन सक्नेछन्।


प्रतिक्रिया