एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी
काठमाडौं – नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेताको पदका लागि औपचारिक रूपमा दाबी पेश गरेका छन्।
च्यासलमा आयोजित संसदीय दलको बैठकमा नेम्वाङले वर्तमान जनभावना र पार्टीमा आवश्यकतालाई ध्यानमा राख्दै नेतृत्वका लागि आफ्नो इच्छा व्यक्त गरेका छन्। बैठकमा सहभागी एक नेताले यसबारे जानकारी दिएका छन्।
बैठकमा नेम्वाङले पार्टीको विधि पद्धति र वरिष्ठ नेताहरूको भूमिकाप्रति सम्मान व्यक्त गर्दै जिम्मेवारी निर्वाह गर्न आफू तयार भएको तीन नेताहरूले जानकारी दिएका छन्। उनले साथै देशमा हाल उत्पन्न चुनौतीपूर्ण परिस्थितिलाई नजरअन्दाज गर्न नसकिने पनि बताएका छन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया