ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्दै, आवेदन खुल्ला
काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रविधिको प्रवर्द्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले एआई/एमएल ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्ने भएको छ।
बैंकले यसअघि गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक एआई/एमएल ह्याकाथन आयोजना गरेको थियो। त्यसैको निरन्तरतास्वरूप ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ आगामी मे २९ देखि ३१ सम्म सञ्चालन गर्न लागेकाे छ।
उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा अन्य पेशाकर्मीहरूका लागि आवेदन खुला गरिएको छ। इच्छुक सहभागीहरूले मे ४, २०२६ भित्र बैंकको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
पहिलो संस्करणमा उत्साहजनक सहभागिता देखिएकाले दोस्रो संस्करण आयोजना गरिएको बैंकले जनाएको छ। ह्याकाथनमार्फत प्रविधिमा आधारित नवीन बैंकिङ समाधान विकास गर्न र डिजिटल सेवामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
प्रतियोगितामा सहभागीहरूले ‘अटोनोमस क्रेडिट एण्ड लेन्डिङ अर्केस्ट्रेटर’, ‘एजेन्टिक फ्रड डिटेक्शन’, ‘मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक’ तथा ‘एआई–आधारित इन्ट्रजन डिटेक्शन सिस्टम’ जस्ता विषयमा आधारित आफ्ना अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर प्रदान गरिनेछ।
प्रविधिमैत्री वित्तीय सेवाहरु प्रवद्र्धन गर्न र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउदै नविनतम् अबधारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया