सभामुख र राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ । संघीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार चैत २० गते शुक्रबार बिहान ११:०० देखि २:०० बजेसम्म प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावलीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ ।
सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार त्यही दिन दिउँसो २:३० बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने छ ।
दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधि सभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसैगरी, राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २२ गते अपराह्न २:३० देखि ३:३० सम्म राष्ट्रियसभाका कुनै सदस्यलाई सभाको उपाध्यक्ष मतमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दिइने छ ।
यस्तै चैत २२ गते अपराह्न ४:०० बजे दर्ता भएका प्रस्तावकको सूचनाको दर्ता सूची प्रकाशन हुने छ भने २३ गते दिउँसो १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकले उपाध्यक्ष चयन गर्ने छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया