सिक्लेसमा पर्यटक आगमन घट्यो
गण्डकी।अघिल्लो महिनाको तुलनामा मार्चमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा पर्यटक आगमन घटेको छ । मार्चमा एक हजार ९२६ जना पर्यटकले यो स्थानको भ्रमण छन् ।
मार्चमा मौसम अनुकूल नहुँदा अघिल्लो महिनाको तुलनामा सिक्लेसमा कम पर्यटक आएका त्यहाँस्थित पर्यटक सूचना केन्द्रले जनाएको छ ।
जङ्गलले घेरिएको बस्ती, ढुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका सिक्लेस गाउँ प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति, परम्परा र इतिहासका कारण प्रसिद्ध छ । यो नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रूपमा परिचित छ ।
समुद्र सतहबाट एक हजार ९५० मिटरको उचाइमा अवस्थित सिक्लेसदेखि गुरुङ सम्पदा पदमार्गअन्तर्गत कफुचे, कोरी, क्होलासोँथर, दूधपोखरी पदयात्राको मार्ग हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया