NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कम्बोडियामा बिनाभिसा बसेका तीन नेपालीको उद्धार

काठमाडौं । नेपालको राजदूतावास, बैंककले कम्बोडियामा बिनाभिसा बसिरहेका तीन नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ। कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली संघ, कम्बोडिया को समन्वयमा उनीहरूलाई गत शुक्रबार (चैत २०) काठमाडौं ल्याइएको हो।

दूतावासका अनुसार उद्धार गरिएका ती नेपालीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परेर अलग–अलग माध्यमबाट कम्बोडिया पुगेका थिए। त्यहाँ उनीहरूलाई अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो।

दूतावासले यस्तै समस्यामा परेका वा अलपत्र अवस्थामा रहेका अन्य नेपाली नागरिकलाई पनि सुरक्षित रूपमा स्वदेश फर्काउने प्रयास जारी रहेको जनाएको छ।