काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी की सांसद खुस्बु ओलीले सरकारले वैदेशिक ऋण लिने निर्णयप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ऋण लिने निर्णय कुन नीतिगत आधारमा गरिएको हो भन्नेबारे सरकारसँग स्पष्ट जवाफ मागिन्। संसद अझै प्रारम्भिक चरणमा रहेको र संसदीय समिति तथा उपसमितिहरू समेत गठन नभएको अवस्थामा यस्ता निर्णय पारदर्शी नहुने सम्भावना रहेको उनको भनाइ थियो।
उनले प्रश्न गर्दै भनिन् कि उक्त ऋण नेपालले आफैं मागेको हो वा बाह्य प्रस्तावका आधारमा लिइएको हो भन्नेबारे सरकारले संसदमा स्पष्ट पार्नुपर्छ।
सांसद ओलीले बजेट वितरण प्रणालीमा समानता र स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्।
यसैबीच, मध्यपूर्व क्षेत्रमा बढ्दो तनावको प्रभाव नेपाली जनताको दैनिक जीवनमा परेको उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर जनतालाई राहत दिन सरकारसँग आग्रह गरिन्।
प्रतिक्रिया