NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

संसदमा निष्पक्ष भूमिका रहन्छ : सभामुख अर्याल

काठमाडौं – सभामुख डोलप्रसाद अर्यालले संसदमा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन् । सभामुखमा निर्वाचित भएपछि औपचारिक रूपमा प्रतिनिधिसभालाई सम्बोधन गरेका उनले सो कुरा बताएका हुन् । सोमबार उनले प्रतिनिधिभाको बेठक सञ्चालन गरेका छन् ।

‘सबैको समन्वयमा संसदको गरिमा बढ्नेमा दुविधा छैन । मेरो निष्पक्ष भूमिका रहनेछ,’ उनले भने ।

सभामुख पदलाई उच्च बनाउन भूमिका खेल्ने पनि उनले बताए । सभामुखको रूपमा तटस्थ, निष्पक्ष र समन्वयकारी हुने पनि उनले बताए ।