वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
झापा – झापाको बाह्रदशी गाउँपालिका– २ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि बास्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।
घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया