रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको बैठक आह्वान गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचना अनुसार बैठक आजै दिउँसो १:०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो।
बैठकको मुख्य कार्यसूची ‘उपसभामुखको निर्वाचन’ रहेको छ। निर्वाचनमा पार्टीको भूमिका, उम्मेदवारी र अन्य दलहरूसँगको सहकार्यका विषयमा बैठकमा छलफल हुने बताइएको छ।
आज हुने उपसभामुख पदको निर्वाचनमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी चुनावी मैदानमा छन्।
रुबीलाई सत्तारुढ रास्वपाको पनि समर्थन रहेको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया