NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कांग्रेस संसदीय दल नेताको निर्वाचन वैशाख पहिलो साता

काठमाडौँ- नेपाली कांग्रेसले वैशाख पहिलो साता संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्नेे भएको छ। संसदको पहिलो अधिवेशन अन्त्य भइसकेपछि प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले दलको नेता चयन गर्न लागेको हो।

दलको नेता चयन गर्न गठित निर्वाचन समितिका सदस्य मुना भुसालले वैशाखको पहिलो साता दलको नेता चयन हुने जानकारी दिइन्। वैशाख २ गते प्रक्रिया सुरू गरेर पहिलो साताभित्र दलको नेता चयन गर्ने तयारी रहेको उनले बताइन्।

‘सकभर सर्वसम्मतकै लागि प्रयास गर्ने हो। प्रक्रिया सुरू गरेर सर्वसम्मतका लागि प्रयास गर्छौँ,’ मुसालले हिमालप्रेससँग भनिन्, ‘सर्वसम्मत हुन नसके पहिलो साताभित्र निर्वाचनबाटै दलको नेता चयन गर्छौँ।’
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी भुसालले दलको नेता चयन गर्न अहिलेसम्म निर्वाचनको मिति नतोकिएको जानकारी दिइन्।