नयाँ वर्षको शुभकामना दिँदै ज्ञानेन्द्रले भने- पराधीनताबाट देशलाई जोगाउनु छ
काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिँदै विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान खोज्न दृढसंकल्पित हुनुपर्ने बताएका छन्।
उनले सोमबार नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा शुभकामना भिडियो सार्वजनिक गर्दै भनेका छन्- व्यक्तिमात्र बदलेर देश बदलिने रहेनछ भन्ने पाठ हामी सबैलाई मिलेको छ।
उनले राजनीति, राज्यपद्धति र शासनप्रणालीको हेरफेर कोरा परिवर्तनमात्र भएको उल्लेख गर्दै देश चौतर्फी समस्याको चाङमा रहेको बताएका छन्।
उनले राजनीति र राज्य सञ्चालनका गतिविधिमा युवापिँढीको सहभागिता बढ्नु भने राम्रो भएको भन्दै रास्वपाको पछिल्लो जितलाई पनि संकेत गरेका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले आन्तरिक सुरक्षा प्रणालीको दृष्टिकोणले देश नाजुक भएको उल्लेख गर्दै जीउधनको सुरक्षा गर्नु र जीवन जिउने अधिकार दिनु सरकारको कर्तव्य रहेको पनि बताए। ‘आम नागरिकले कुनै प्रकारको शारिरीक, मानसिक र भौतिक त्रास, पीडा या अभावको अनुभव गर्नु नपरोस्,’ उनले भने।
उनले राजनीतिमा निषेध हुनु नहुने उल्लेख गर्दै देशका समस्याहरूको संवैधानिक समाधान खोज्न पनि सर्वसाधारणहरूसँग आग्रह गरेका छन्।
त्यस्तै, उनले देश सनातन पहिचानबाट अविचलित हुनुपर्ने पनि बताए। उनले भने- सबै नेपालीले न्याय, शान्ति र सुख पाऊन्।
उनले आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने वस्तुको खोजी गर्नुपर्ने पनि बताएका थिए।
उनले भने- ‘पराधीनताबाट देशलाई जोगाउनु छ।’
पूर्वराजा शाहले देशको स्रोतको सही उपयोग भएमात्र देश लयमा फर्कने पनि उल्लेख गरेका थिए।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया