पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौँ – नेपाली काँग्रेसका तथा पूर्व मन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
खड्काकी श्रीमती विनीता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को इजलासले उक्त आदेश जारी गरेको हो।
अदालतका सूचना अधिकारी तथा सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार, यस मुद्दाको अर्को पेसी भोलि (वैशाख ३) का लागि तोकिएको छ।
सर्वोच्चले आदेशमा निवेदकलाई हालकै अवस्थामा राख्न तथा आवश्यक प्रक्रिया नियमानुसार अघि बढाउन विपक्षीका नाममा निर्देशन दिएको उल्लेख गरेको छ।
खड्कालाई प्रहरीले गत चैत १५ गते पक्राउ गरेको थियो।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया