आमा घर सेवा आश्रममा एनआईसी बैंकको साथ, आरओ प्युरिफायर जडान
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी–८ स्थित आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान गरेको छ।
आश्रममा आश्रित व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई आश्रय दिँदै आएको यस आश्रमका लागि बैंकका सर्कल हेड रामकृष्ण काफ्लेले आश्रमका संरक्षक विजय राज सिग्देललाई २०८३ वैशाख २ गते आयोजित कार्यक्रममा आरओ वाटर प्युरिफायर हस्तान्तरण गरे।
बैंकका अनुसार यस सहयोगले आश्रममा बसोबास गरिरहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध हुनुका साथै उनीहरुको स्वास्थ्य सुधारमा सहयोग पुग्नेछ। साथै, आश्रमको दैनिक बसाइलाई थप सहज र व्यवस्थित बनाउन पनि यसले योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया