NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

जेनजी आन्दोलन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न सरकारले बनायो समिति

काठमाडौं । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित सुरक्षा संयन्त्रको विषयमा अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको सिफारिसअनुसार सुरक्षा संयन्त्रको विश्लेषण गर्न छुट्टै समिति बनाउने निर्णय गरेको हो।

उक्त समितिको संयोजकमा उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की नियुक्त भएका छन्। सदस्यका रूपमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई रहेका छन्।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार समितिले जेनजी आन्दोलनका क्रममा अपनाइएको सुरक्षा व्यवस्थाको अध्ययन गरी आवश्यक सुझाव पेश गर्नेछ।