NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

मरेको बोइलर कुखुराको मासु खादा दुई जनाकाे मृत्यु, दुई बिरामी

धनगढी– कैलालीमा मरेको बोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु भएको छ।

बिहीबार मरेको बोइलर कुखुराको मासु खाएर बिरामी परेका चुरे गाउँपालिका–३ भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू दुई दाजुभाई हुन्।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक(इन्स्पेक्टर) कैलाश बिष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए।

उनका अनुसार बोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।

बिहीबार घटना भएपनि प्रहरीलाई शुक्रबार मात्र खबर गरिएको थियो। त्यसपछि प्रहरीको समन्वयमा उनीहरू चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।

उनीहरुले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ। फार्म सञ्चालक मंगल साउदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेर आफन्तको जिम्मा लगाइएको छ।