जन्ती सवारी जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते
सुर्खेत । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडकखण्डमा जन्ती सवार जिप दुर्घटना भएको छ । बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको लुप्र०१००१ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा कुपिण्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको छन् ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि सुर्खेतको मेहलकुनास्थित अस्पताल लगिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया