रास्वपाले निर्वाचित सांसद नभएको क्षेत्रमा समानुपातिकलाई जिम्मा दिने
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
पार्टी कार्यालय वनस्थलीमा आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको रास्वपाका प्रवक्त मनिष झाले जानकारी दिए।
उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची सोमबार बस्ने केन्द्रीय समितिको बैठकबाट पारित गर्ने तयारी छ।
यस्तै, आजको बैठकले पार्टीको जिल्ला अधिवेशन यही वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया