एनआईसी एशिया बैंकका ग्राहकले अब एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा.लि.बीच सहकार्य भएको छ । सहकार्यसँगै अब बैंकका ग्राहकहरुले अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बरालले हस्ताक्षर गरेका हुन्। बैंकका ग्राहकहरुले एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरु (आउटसोर्स सेवाहरु, डाक्टर परामर्श र एम्बुलेन्स शुल्क बाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्ने छन् भने अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियतसमेत पाउने छन् ।
यो सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । हस्पिटलसँगको यो सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया