नेपाल वायुसेवा निगमको चार सञ्चालक सदस्यका लागि दरखास्त आह्वान
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त चार सञ्चालक सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा (१) बमोजिम रिक्त रहेका ३ जना र उपदफा (७) बमोजिम आगामी ६ महिनाभित्र रिक्त हुने १ जना गरी जम्मा ४ जना सञ्चालक सदस्य नियुक्त गर्न लागिएको हो।
इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफ्नो आवेदन दर्ता गराउनुपर्नेछ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया