होण्डाको नयाँ सर्भिस सेन्टर विस्तार हुँदै
काठमाडौं । पद्म ज्योति ग्रुपअन्तर्गत सञ्चालित स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डा सवारीधनीहरूलाई अझ स्तरीय र विश्वस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रिमियम सर्भिस सेन्टर विस्तार अभियान सुरु गरेको छ।
कम्पनीले पहिलो चरणमा देशभर ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको हो। यसै क्रममा काठमाडौंको त्रिपुरेश्वर (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) र कान्तिपथस्थित ज्योति भवनमा रहेका दुई प्रिमियम सेवा केन्द्रको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा होण्डा मोटर कम्पनीका उच्च अधिकारीहरू सहित स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिको उपस्थिति रहेको थियो।
कम्पनीले “पहिलेकै मूल्यमा प्रिमियम सर्भिस” भन्ने अवधारणा अघि सार्दै ग्राहकलाई अतिरिक्त आर्थिक भार बिना नै उच्चस्तरीय सेवा दिने लक्ष्य लिएको छ। यसअन्तर्गत सेवा प्रक्रियालाई अझ प्रभावकारी, छिटो र ग्राहकमैत्री बनाइएको कम्पनीले जनाएको छ।
नयाँ सेवा केन्द्रहरूमा दक्ष तथा प्रशिक्षित प्राविधिकद्वारा सेवा प्रदान गरिनेछ भने अत्याधुनिक डायग्नोस्टिक उपकरण र डिजिटल सर्भिस ट्र्याकिङ प्रणालीको प्रयोग गरिनेछ। साथै, फास्ट सर्भिस बेजमार्फत कम समयमै सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
थ्रीएस अवधारणा अनुसार एउटै स्थानमा शोरुम, सर्भिस र जेन्युन स्पेयर पार्ट्स उपलब्ध हुनेछन्, जसले ग्राहकलाई थप सहजता दिनेछ। सेवा लिन आउने ग्राहकका लागि आरामदायी वेटिङ लाउन्जसँगै निःशुल्क कोल्ड ड्रिंक्स र कफीको सुविधा पनि प्रदान गरिनेछ।
स्याकार ट्रेडिङले यस विस्तार योजनामार्फत देशभरका होण्डा ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, आगामी दिनमा थप सेवा केन्द्रहरू विस्तार गर्दै आफ्नो सेवा सञ्जाल अझ मजबुत बनाउने कम्पनीको योजना रहेको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया