इन्द्रचोकको एक गहना पसलमा पेस्तोल देखाए लुटपाट गर्ने दुई जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौँको इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल छन् । उनीहरुले वैशाख १७ गते इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिए । तर पसलमा रहेकी युवतीले प्रतिकार गरेकी थिइन् ।
उनीहरुलाई सोमबार काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।
उनीहरुले गत पुसमा पनि मांसान गल्लीस्थित होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख, मोबाइल थान २ र सीसीटीभीमा समेत लुटेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट प्रहरीले चाईनिज पेस्तोल, म्यागजिन, गोली, नक र घटना भएको समयमा प्रयोग भएको कपडाहरु बरामद गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया