प्रधानन्यायाधीश सिफारिस चुपचाप घण्टी छापको करामतः हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रधानन्यायाधीश सिफारिसप्रति असन्तुष्टि जनाउँदै सरकारको कडा आलोचना गरेका छन् । संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका डा. मनोज शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको विषयलाई लिएर उनले सरकारको निर्णयमाथि प्रश्न उठाएका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले वरीयता मिचेर गरिएको सिफारिसलाई “घण्टी छापको चुपचाप करामत” को संज्ञा दिएका छन् । उनले लेखेका छन्, “वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण हो । अध्यादेशको औचित्य पुष्टि गरेको यही होला । चुपचाप घण्टी छापको करामत !”
त्यस्तै उनले सरकारले संसद छलेर अध्यादेशमार्फत निर्णय प्रक्रिया अघि बढाएको आरोप लगाउँदै यसलाई “नीतिगत भ्रष्टाचार” समेत भनेका छन् । साम्पाङले भने, “प्रधानन्यायाधीश नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन ? यही गर्नलाई संसद छलेर अध्यादेश ल्याइएको हो । नीतिगत भ्रष्टाचारी सरकार !”
यता, साम्पाङले सरकारको खुलेर आलोचना गरे पनि श्रम संस्कृतिबाट प्रतिनिधित्व गर्ने उपसभामुख रुबीकुमारी ठाकुर ले संवैधानिक परिषद् बैठकमा भने कुनै असहमति नराखेको अन्य सदस्यहरूले बताएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया