रास्वपाले पुनः सुरु गर्दै ‘नीति मन्थन’ कार्यक्रम
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विगतमा सञ्चालन गर्दै आएको ‘नीति मन्थन’ कार्यक्रम पुनः सुरु गर्ने भएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशन तथा वैशाख २० गते बसेको केन्द्रीय सचिवालय बैठकको छलफलका आधारमा कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको पार्टी प्रवक्ता मनीष झाले बताए।
रास्वपाले आगामी वैशाख २७ गते अपराह्न ३ बजेदेखि ६ बजेसम्म काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा ‘विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन’ विषयमा ‘नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने जनाएको छ।
कार्यक्रममा विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञ, सरोकारवाला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूबीच छलफल हुने रास्वपाले जनाएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया