टर्किस एयरको जहाज ल्याण्ड गर्ने क्रममा चक्कामा आगो देखियो
काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।
इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके ७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो ।
प्राप्त जानकारीअनुसार विमानको एउटा टायर अवतरणलगत्तै विस्फोट भई आगो लागेको थियो । टायर फुटेपछि पांग्राको भागमा, इन्जिननजिकै आगो र धुवाँ देखिएको विमानस्थल नजिकैबाट पाइलट बेद उप्रेतीले बताए ।
त्यसपछि चालक दल र विमानस्थल प्रशासनले सुरक्षा सतर्कतास्वरूप यात्रुहरूलाई ढोकाबाट नभई आकस्मिक उद्धार (स्लाइड) मार्फत् बाहिर निकालेका हुन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया