NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

संख्याको दम्भमा विधि नमिच्न प्रचण्डले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको दम्भमा विधि मिच्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले संसदलाई छलेर अध्यादेश ल्याउने, प्रतिशोधको गन्ध आउने गरी धरपकड गर्ने, सरकारको आलोचना गर्नेहरूलाई थुन्ने जस्ता काम भएको भन्दै संख्याको दम्भमा विधि मिच्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

संख्या कहिले पनि स्थायी नहुने भन्दै प्रचण्डले जनताको समर्थन पनि शसर्त हुने धारणा राखे। उनले ६४ सालमा माओवादी बहुमत ल्याएपछि जोगाउन नसकेको स्मरण गर्दै निषेध अपमान र प्रतिशोध नभई विश्वास र सहकार्यलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिए।

प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको समेत बताए। गठन भएपछि सरकारले सार्वजनिक गरेअनुसार नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र, रोडम्याप र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न नसकेको उनको भनाइ छ। उनले संविधान संशोधन एकदमै संवेदनशील विषय भएकाले यसलाई हल्कारूपमा नलिन आग्रह गरे।

 

ताजा अपडेट

नेपालवाच विशेष