रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको चालु बजेट अधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।
यसअघि बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो।
रास्वपाले महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरे पनि भदौभित्र सक्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया