NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

क्लासिक टेकप्रति ग्राहकको आकर्षण बढ्दो

काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमध्ये क्लासिक टेक प्रति ग्राहकहरूको आकर्षण निरन्तर बढ्दै गएको छ । हालै सार्वजनिक नेपाल दूरसञ्चार प्राधिकरणकाे तथ्यांकले नेपालमा इन्टरनेट सेवा दिईदै आएका अधिकांश सेवा प्रदायकमा भन्दा क्लासिक टेकमा ग्राहकको आकर्षण बढ्दो रहेको देखाएकाे छ ।

गत वर्ष २०८२ फागुन र चैत्र महिनाको नयाँ इन्टरनेट जडान गर्ने ग्राहकको संख्यामा इन्टरनेट वर्गीकरण अनुसार क्लासिक टेक पहिले रहेको तथ्यांकमा उल्लेख छ। उक्त तथ्यांकअनुसार, २०८२ सालको फागुन महिनामा क्लासिक टेकका कुल ग्राहक संख्या २७९,८४८ रहेकोमा चैत्र महिनामा बढेर २८३,३७१ पुगेको छ।

यस अवधिमा कम्पनीले ३,५२३ नयाँ ग्राहक थप्न सफल भएको देखिन्छ। तथ्यांकलाइ हेर्दा विशेषगरी २०८२ सालको फागुन र चैत्र महिनाको ग्राहक क्लासिक टेकले उल्लेखनीय रूपमा नयाँ ग्राहक थप्न सफल भएको देखिन्छ। कम्पनीप्रति ग्राहकको आकर्षण बढ्नुमा सहुलियत मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउनु तथा अत्याधुनिक प्रविधियुक्त वाइफ़ाइ सिक्स राउटर सानादेखि ठूला सबै प्याकेजमा उपलब्ध गराउनु मुख्य कारणका रूपमा हेरिएको र यति मात्र नभई ५० एम बि पी एस देखि ३०० एम बि पी एस सम्मका ३ महिने तथा वार्षिक प्याकेजहरूमा समेत वाइफ़ाइ सिक्स राउटर प्रदान गराइएकाले ग्राहकहरूको रोजाइमा क्लासिक टेक पर्न सफल भएको कम्पनीको भनाइ छ।

इन्टरनेट जस्तो अत्यावश्यक सेवामा ग्राहक समर्थन तथा प्राविधिक सेवाको विषय भने कम्पनीका लागि चुनौतीपूर्ण रहँदै आएको छ। विशेषगरी वर्षायाममा मौसम परिवर्तन, फाइबर लाइन क्षति तथा विभिन्न प्राविधिक समस्याका बाबजुद पनि कम्पनीले सेवा विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको कम्पनीकाे भनाइ छ। केही समयअघि क्लासिक टेकले ग्राहक समर्थन तथा टेक्निकल फिल्ड सपोर्ट सेवा सुधारका लागि विशेष सेवा अभियानसमेत सञ्चालन गरेको थियो। कम्पनीका अनुसार नयाँ ग्राहक विस्तारसँगै विद्यमान ग्राहकलाई प्रभावकारी सेवा उपलब्ध गराउनु पनि उत्तिकै प्राथमिकतामा रहेको छ।

कम्पनीले घरायसी सेवासम्बन्धी सहयोगका लागि ९८०२९२२३०४ मा सम्पर्क गर्न र अफिसियल तथा कर्पोरेट सपोर्टका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न सकिने जानकारी गराएकाे छ । साथै, क्लासिक टेक मोबाइल एप मार्फत पनि ग्राहकहरूले आफ्नो समस्या वा सेवा सम्बन्धी टिकट दर्ता गर्न सक्ने व्यवस्था रहेकोसमेत कम्पनीले जानकारी दिएको छ।

तथ्यांक :

ताजा अपडेट

नेपालवाच विशेष