आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको संयुक्त प्रभावले मौसममा उल्लेखनीय फेरबदल आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको स्थिति देखिएको छ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदलीको अवस्था छ। हाल बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी क्षेत्रमा मौसम साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, बागमती र गण्डकीका केही स्थान तथा बाँकी पहाडी र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।
यसैगरी आज राति पनि देशका अधिकांश पहाडी र हिमाली भू-भागमा मौसमको प्रभाव कायमै रहने देखिएको छ। विशेषगरी कोशी र मधेस प्रदेशका केही स्थानका साथै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा पनि एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ। खराब मौसमका कारण हुन सक्ने जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया