NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

एपीएफका २ महिला कर्मचारीले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले सशस्त्र प्रहरी बल नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सहायक हवल्दार अनिता कार्कीले १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सफलतापूर्वक सगरमाथा चुचुरोमा पुगेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन् । इलामको सन्दकपुर गाँउपालिका माबुमा जन्मिएकी शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप गोकुलगंगा गाउँपालिका-१, चुचुरेकी आरोही अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै संगठनको गौरव उचो बनाएको एपीएफले जनाएको छ ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरूले मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष