पार्टीका नेताहरूसँग सहमतिका लागि खुलेर संवाद गरिरहेको छुः सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनमा भएको हारलाई पार्टी पुनर्संरचना गर्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् ।
सोमबारदेखि काभ्रेको धुलिखेलमा भएको पार्टीको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएकाले सबैभन्दा जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएकाले आफूहरुले त्यसरी सोच्नुपर्ने बताए ।
उनले संविधानभन्दा दायाँ बायाँ देश जान नहुने भन्दै यसलाई सम्हाल्ने जिम्मा कांग्रेसकै भएको बताए । उनले पार्टीका नेताहरूसँग आफूले खुलेर संवाद गरिरहेको भन्दै सहमतिको लागि तयार रहेको बताए । सभापति थापाले आफ्नो कारणले पार्टीको कुनै सदस्यको शिर निहुरिन नदिने बताए ।
उनले भने, ‘मेरो कारणले पार्टीको एकजना साथीको शिर निहुरिन दिन्नँ, मेरो कारणले पार्टीको कुनै सदस्यलाई अप्ठ्यारो पार्ने काम गर्दिनँ । हामी कुनै गलत निर्णय र सम्झौता गर्दैनौँ। यही प्रवृत्ति अब पार्टीको बन्नुपर्छ ।’
सभापति थापाले कांग्रेससँग प्रतिक्रिया दिएर भाग्ने सुविधा नभएको बताए । उनले भने, ‘हामीसँग प्रतिक्रिया दिएर भाग्ने सुविधा छैन । संविधानभन्दा दायाँ–बायाँ देश जान हुन्न । यसलाई हामीले सम्हाल्नुपर्छ ।’
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया