NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ३ गते

दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनछेक बहस सम्पन्न भएपछि दुवै प्रतिवादीलाई न्यायिक हिरासतमा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने आदेश दिएको हो ।

अदालतले प्रारम्भिक सुनुवाइका क्रममा प्रस्तुत प्रमाण, अभियोजन पक्षको दाबी र प्रतिवादीतर्फबाट प्रस्तुत जिकिरको अध्ययनपछि पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको जनाएको छ ।

यसअघि प्रहरी टोलीले दिपक भट्टलाई चैत १९ गते नियन्त्रणमा लिएको थियो भने सुलभ अग्रवाल चैत २२ गते पक्राउ परेका थिए।

दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान पूरा भएपछि मुद्दा दायर गरिएको थियो । अदालतको पछिल्लो आदेशसँगै उनीहरू अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म न्यायिक हिरासतमा रहनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष