रास्वपा महाधिवेशनमा पहिलोपटक विद्युतीय मतदान, ३ हजार प्रतिनिधि सहभागी हुने
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा प्रयोग गर्ने बताइएको छ ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्नेछन् ।
पहिलो चरणको मतदान गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ ।
केसीका अनुसार निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ ।
असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया शुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको केसीले बताए ।
असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उनको भनाइ छ।
प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था मिलाईंदै छ ।
विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्नेछन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् ।
निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था छ ।
प्रमुख केसीले आफूहरुले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताए ।
ताजा अपडेट
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
-
पोखराको लेकसाइडमा खानेपानी समस्या
-
रास्वपा महाधिवेशनमा पहिलोपटक विद्युतीय मतदान, ३ हजार प्रतिनिधि सहभागी हुने
-
महाधिवेशनभन्दा अघि अन्तिम पटक बस्दैछ रास्वपाको केन्द्रीय समिति बैठक


प्रतिक्रिया