NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ६ गते

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारीसहितको भिडियो सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो साझा गर्दै ट्रेकिङ यात्रासम्बन्धी विस्तृत जानकारी दिएका हुन्।

शाहले सार्वजनिक गरेको भिडियोमा मकालु क्षेत्रको प्राकृतिक सौन्दर्य, ट्रेकिङ मार्ग तथा यात्राका अनुभव समेटिएको उल्लेख गरिएको छ। भिडियोमार्फत उनले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसअघि पनि शाहले अपी हिमाल बेस क्याम्पको भिडियो सार्वजनिक गरेका थिए, जसले उक्त क्षेत्रलाई थप चर्चामा ल्याएको थियो।

ताजा अपडेट

नेपालवाच विशेष