NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १२ गते

भेनेजुएला भूकम्प: मृतकको संख्या १८८ पुग्यो, घाइते १,५००

काठमाडौँ। दक्षिण अमेरिकी देश भेनेजुएलामा गएका दुई भूकम्पमा अहिलेसम्म १८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा सुरुमा ७.२ म्याग्निच्युड र यसको केही सेकेन्डपछि अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प गएको थिए।

भग्नावशेषमुनि पुरिएका मानिसहरूको संख्या बढी हुने अनुमान गरिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भग्नावशेष भित्रबाट आवाज सुनिएका छन्।

भूकम्पबाट सबैभन्दा बढी क्षति भेनेजुएलाको ला गुएरा राज्यमा भएको छ। त्यहाँ १०० भन्दा बढी भवन भत्केको संयुक्त राष्ट्रसंघले जनाएको छ।