NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १२ गते

रास्वपाको उपसभापतिमा सोबिता गौतम विजयी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन् ।

शुक्रबार भएको पदाधिकारीतर्फको मतदानमा चितवनकी सोबिताले ललितपुरकी तोशिमालाई पराजित गरेकी हुन् ।

मतपरिणामअनुसार विजयी सोबिताले ७८९ मत ल्याउन सफल भइन् । उता पराजित तोशिमाले ५७२ मत ल्याउन सफल भइन् ।

तोशिमा यसअघि छोटो समय स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । यता विजयी सोबिता अहिलेको सरकारमा कानुनमन्त्री छिन्।