इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा
बीबीसी । दुई देशबीच आक्रमण–प्रत्याक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका–इरान युद्धविराम ‘अन्त्य भएको’ घोषणा गरेका छन् ।
‘म अब उनीहरूसँग ‘डील’ गर्न चाहन्न, उनीहरू खराब छन्,’ टर्कीको एङ्करामा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को सम्मेलनमा बोल्दै उनले भने, ‘उनीहरू बिरामी मान्छे हुन्। उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्। उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्। उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो।’
ट्रम्पले इरानसँग कुराकानी जारी राख्नु समय खेर फाल्नु भएको पनि बताए । त्यसअघि मङ्गलबार स्ट्रेट अफ होर्मुजमा तेल बोकेका तीन वटा ट्याङ्करहरूमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले ८० भन्दा बढी इरानी निसानाहरूमा हमला गरेको बताएको थियो ।
तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी लिएको छैन। यद्यपि अमेरिकाले हमला गरेपछि इरानले पनि आफूले बाहरेन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको थियो । गत महिना ‘सबै मोर्चामा’ युद्धविराम विस्तार गर्ने लक्ष्यसहित तेहरान र वाशिङ्टनबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यसैबीच नेटोका प्रमुख मार्क रुटले इरानले सुरुमा युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण ‘पूर्णतः आवश्यक’ रहेको दाबी गरेका छन् । इरानी संसद्का सभामुख मोहम्मद बोर गालिबाफले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लङ्घन गरेको दाबी गरे।
ताजा अपडेट
-
अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिन माग
-
पूर्व अर्थमन्त्री विष्णु पौडेलको हिरासत म्याद पुनः ५ दिन थपियो
-
मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त
-
इरानसँगको युद्धविराम अन्त्य भएको ट्रम्पको घोषणा
-
नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


प्रतिक्रिया