NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ११ गते

सुनसरी घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

घटनाबारे थप छलफल गर्न सोमबार साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ।

सुनसरीमा दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग मन्त्रालयमा छलफल गरेका थिए। छलफलपछि छानबिन समिति गठन गर्ने निर्णय भएको हो।

छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेललगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष