रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु
काठमाडौं । सुनसरीमा भएको घटनालगायत समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओलीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
रास्वपाका सभापति रवि लामिछानेको पहलमा बोलाइएको बैठकमा सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल हुँदै सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राजनीतिक सहकार्यका विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको छ।
ताजा अपडेट
-
सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम
-
सुनसरी घटनापछि सर्वदलीय अपिल : संवादबाट समस्या समाधान गर्न आग्रह
-
झण्डै दुई अर्ब हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ
-
रास्वपा सभापतिले सर्वदलीय बैठकको छलफलबारे राष्ट्रपतिलाई गराए जानकारी
-
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने


प्रतिक्रिया