धनुषामा दुई घण्टाका लागि कर्फ्यु खुकुलो, अत्यावश्यक सामग्री खरिद गर्न पाइने
जनकपुरधाम। जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ।
कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दुध बोकेका सवारीसाधनलगायतका अत्यावश्यक सेवाहरू सुचारु रहनेछन्।
त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइने छ।
ताजा अपडेट
-
सप्तरीका राजविराज र बोदेबरसाईनमा अनिश्चितकालीन कर्फ्यु
-
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
-
आज १५ साउन, खिर खाएर मनाइँदै
-
राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने
-
धनुषामा दुई घण्टाका लागि कर्फ्यु खुकुलो, अत्यावश्यक सामग्री खरिद गर्न पाइने


प्रतिक्रिया