NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १८ गते

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उक्त सडक खण्डअन्तर्गत तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिकै माथिबाट ढुंगा खसेको छ । त्यस्तै, सिमलतालमा माथिबाट लेदो बगेर सडकमा आउँदा यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।

अवरुद्ध सडक पूर्ण रूपमा खुलाउनका लागि सडक डिभिजनको उपकरण तथा जनशक्ति सम्बन्धित स्थानमा परिचालन गरिसकिएको छ । थप पहिरो वा ढुंगा नझरेमा आगामी एक घण्टाभित्र सडक दुवैतर्फ सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ ।

हाल सो क्षेत्रमा पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले चालक तथा यात्रुलाई सडकको अद्यावधिक अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष